CART ( 0 )

No products in the cart.

” आवाजको दुनियाँमा बेग्लै पहिचान “

Nov 12
2018

एउटा आवाज अलि परको भितामा ठोक्किएर भूइमा पछारियो । त्यहीँ आवाजले उनको कानमा स्पर्श गर्दा भावक हुदै आँखाचिम्म गरेर उनले सुनाए ू जिन्दगीको कथा कस्तो उडी जाने चरी जस्तो सपनीमा कावा खाँदै हराइ जाने परी जस्तो ।

अन्य व्यतिmहरुका वास्तविक कथाहरुमा आवाज मिसाएर आवाजको दुनियाँमा बेग्लै पहिचान बनाएका डियर कल्याणको जिन्दगीको कथा कै उडी जाने चरीजस्तै होला ?म पछि सोधँुला । मेरो कथामा उनले आवाज मिसाएको पनि एक दशक नाघिसकेछ । भने २०५४÷०५५ साल तिरबाट रेडियोमा मेरो कार्यक्रम बज्न थालेको हो । अहिले देशभरका १६ वटा एफएमबाट प्रसारण हुन्छ ।

वि.स २०४७ सालमा दाङबाट काठामाडौं छिरेका डियर कल्याणलाई कसरी डियर हुनु भएको भन्दा उनले जवाफ दिए यो मेरो श्रोताहरुले राखेको नाम हो, मैले डियर कल्याण हँुला भनेर राखेको नाम होइन । मेरो कार्यक्रमले मागेको नामको न्वारान श्रोताहरुले गरिदिनु भएको हो । विगतलाई एकपटक फरक्क फर्केर हेरे उनले । उनको कार्यक्रम मेरो कथा यति धेरै चर्चित होला भनेर उनले सोचेका पनि थिएनन । अझ त्यसबेला काठमाडौमा मात्र एफएम रेडियो भएकाले उनको कार्यक्रम काठमाडौंमा श्रोताहरुले मन पराउलान भन्ने उनका सोचाइथिएन । त्यसबखत कोकाकोला हिरोहोण्डा जस्ता कम्पनीले गरको अध्ययनमा आफ्नो कार्यक्रम सबैभन्दा बढी श्रोताहरुले सुन्ने गरेको उनले बताए । उनले पाएको यो सफलताले उनलाई नै आश्चर्यको भुमरीमा लपेटिदिएको छ । किन ? भन्ने प्रश्न भुइँमा खस्न नपाउँदै उनको भनाइ थियो मेरो कार्यक्रममा मान्छेका वास्तविक र कारुणिक कथाहरु मात्र प्रसारण हुन्थे ।

डियर कल्याणको कार्यक्रम मेरो कथा मा एकजना अमेरिकीले विद्यावारिधि नै गरेकी छन । मेरो प्रश्नथियो तपाइको कार्यक्रममा एकजना अमेरिकीले विद्यावारिधि गरेको सहीहो ?उनले उत्तर दिए सन १९९९ मा मिचिगन युनिभर्सिटीकी छात्रा लरा कुन्डेथरले मेरो प्रोग्राममा थेसिस गर्नुभएको हो ।त्यस क्रममा उहाँले ३ सय जनालाई भेटनुभएको थियो । र अहिले पनि हामी रेडियो सम्बन्धीसँगै काम गर्छौ ।

साच्ची उनको बाल्यकालका क्षणहरु कस्तो होलान?वि.स २०२८ साल माघ ५ गते दाङको विजौरीमा जन्मेका कल्याण गौतमले सुनाए बाल्यकालमा म शान्त स्वभावको थिए । पढनमा लगनशील थिएँ । देउखुरीको वनगाउँबाट एस.एल.सी प्रथमश्रेणीमा उत्तीर्ण भएपछि दाङकै बहुमुखी क्याम्पसमा उच्चशिक्षा हासिल गरेका थिए । राप्ती साहित्य परिषदका कुनै कार्यक्रम छुटदैनथे । जानीनजानी कथा,कविता लेख्थे र कर्यक्रमहरुमा सुनाउँथे । त्यतिबेला मैले केही किताबहरु पनि लेखे । त्यति बेला लेखेको एउटा कृतिहो सुषमा । विगतमा साहित्यप्रति सौखिन भएकाले आज मलाई रेडियोमा बोल्न सजिलो भएको छ । साँनो छदाँ मैले अत्यन्त पढथे,केही कुरा सिक्थे अनि कापीमा निबन्ध,कथाहरु कोर्थे । तर अचेल चाहि व्यस्त भएकाले अलिकम पढछु । कुराकै क्रममा उनले भने साहित्य मेरो विशेष रुचीको क्षेत्र हो ।उनी दौलत विक्रम विष्ट र पारिजातको लेखन शैलीबाट धेरै प्रभावित छन । विष्टका कुनै पनि किताब नछुटाएर पढेको उनको भनाइ छ । उनलाई पछिल्लो समयमा सबैभन्दा मन परेको कृतिहो कान्तिपुरका सम्पादक नारायण वाग्लेले लेखेको उपन्यास पल्पसाक्याफे । काठमाडौ छिरेपछि उनले दुईवटा किताब लेखे रात र विडम्बना । लेखनबाट नै म रेडियोमा प्रवेश गरेको हँु उनले थपे ।

रेडियोमा बोल्न इच्छुक व्यतिmलाई तपाईको भनाइ के छ ? भन्ने प्रश्नमा उनले अगाडि भने रेडियोमा बोल्दा दुईवटा कुराहरुमा ध्यान दिनुपर्छ । रेडियो सञ्चारको छुटै प्रविधिहो । त्यसमा बोल्दा विशेष ध्यान दिनुपर्छ र नयाँ शैलीको विकास गनुपर्छ । साहित्य र रेडियो दुई छुट्टाछुटै पाटाहरु हुन । साहित्यक मान्छेले मात्र राम्रो प्रोग्राम चलाउँछ भन्ने हँुदैन । गैर साहित्यीक मान्छेले पनि राम्रो प्रोग्राम चलाउनसक्छन । त्यसका लागि अध्ययन चाहिन्छ र रेडियोमा आर्थिक पक्ष बलियो हुनुपर्छ । आर्थिक पक्ष बलियो भएमात्र राम्रो प्रोग्राम उत्पादन गर्न सकिन्छ । रेडियोमा श्रोताहरुको आकर्षण देखेर उनी आश्चर्यचकित भएका छन । भन्छन नयाँ पुस्ताको आकर्षण देखेर म अत्यन्तै खुसी छु ।

 

 

Share