CART ( 0 )

No products in the cart.

” एउटा भगवानले दिनु भएको उपहार हो “

Nov 12
2018

मान्छको जीवनमा घटने अविस्मरणीय घटनालाई गितीकारको शैलीमाआफ्नो मधुर आवाजले रडियो तरङग मार्फत प्रस्तुत गरेर लाखौ श्रोताको ढुकढुकी बन्नु भएका डियर कल्याण वास्तवीकनाम र कल्याण गौताजन्म माघ ५ गते बुबा युवराज गौतम र आमा नमा गौतमको कोखबाट दाङ्को विजौरीमा भएको हो । विगतदश १२ वर्ष अगाडि एफ,एम रडियोको क्रेज बढदै गर्दा भिन्न किसिमको कन्सप्ट तयार गरेर रेडियो तरङ्मा छाउनु भएका डियर कल्याणले एफ,एम सम्मको अध्ययन पुरा गर्नुभएको छ । हालका दिनहरुमा आफ्नै व्यवसायमा तल्लिन हुनुहुन्छ।आफ्नो गृह जिल्लामा दाङमा १०१ Þ२ मेघाहर्ज एफ,एम रेडियो पनि खोली सक्नुभएको छ । भविष्यमा रेडियो पत्रकारिताको कलेज खोल्ने ठुलो धोको रहेको बताउनु भएको हुन्छ । लेखन विधामा पनि उहाँको कलम निरन्तर चलिरहेको छ । मिचीकनयुनिभर्सीटीकी लाउरा कुनरेथर ले थेसिसको लागी उहाँको प्रोग्रामलाई फोकस गर्नुभएको थियो । यसैलाई उहाँ सबैभन्दा ठुलो सफलता ठान्नु हुन्छ । सुरुमा हिट्स एफ,एम बाट मेरो कथा कार्यक्रम लिएर उदाउनु भएका डियर कल्याण अहिले ईमेज एफ,एमलयायत देशभरिका १६ वटा एफ,एम रडियाबाटै श्रोताहरुको माया बटुलिरहनु भएको छ । उहाँसँग भास्कर पाक्षिकले गरेको भेट ।

  • आरजे हुँदा कति वर्षको हुनुहुन्थ्यो ?

म आर, जे हुँदा २३ वर्षको थिए ।

  • डियर कल्याण कसरी हुनुभयो ?

पहिला शुरुमा एफएमको क्रेज धेरै थियो । त्यति बेला मैले एउटा कन्सेप्ट तयार गरे । मान्छेको रियल घटनामा कार्यक्रम गर्ने गिती कथा हो तर रियल घटनामा । त्यसपछि प्रोग्राम सुरु गरे मेरो प्रोग्रामअसाध्यै मन पराएर मलाई आफ्नो रियलस्टोरी पठाउने श्रोताहरुले सम्बोधन गर्दा डियर कल्याण लेख्न थाल्नुभयो यसरी नै अरु श्रोताहरुबाट अटुट मायापाउँदै जाँदा म साच्चिकै डियर कल्याण भए ।

  • यो कन्सेप्ट कसरी तयार पार्नुभयो ?आफै सिर्जना गरे ,त्यतिखेर म धेरै रेडियो सुन्थे त्यो बेलात्यस्तै थियो । मान्छेको रियल स्टोरी पढयो भने मान्छेहरुले धेरै मन पराउँछन भन्ने लाग्यो र त्यतिखेर यस्तो प्रोग्राम पनि थिएन ।
  • विवाह बन्धनमा बाँधिनु भएको कतिवर्ष भयो ?६ वर्ष भयो ।
  • लभ म्यारीज कि एरेन्जम्यारीज ?  लभपछि मैले एरेन्जम्यारीज गरेको हँु ।
  • विवाह अघि र पछि प्रेम प्रस्ताव कतिको आए ?
    धेरैआए तर त्यसलाई प्रेमप्रस्तावको रूपमा नलिएर सफलआरजेको रूपमा लिए। विवाह प्रस्तावआउनु ठूलो कुरा होइन कि मेरो रेडियो प्रोग्राममा सुनेर प्रस्ताव आए जस्तो लाग्यो, मैले त्यसलाई मेरो सफलता ठान्छु।
  • तपाईंकोसबभन्दानजिककोसाथीरु
    मेरो सबैभन्दा नजिकैको साथी मेरो श्रोता हुनुहुन्छ।
  • सबै भन्दा बढी माया कसलाई गर्नुहुन्छ ?
    सबैभन्दा बढी माया मेरो छोरीलाई गर्छु।
  • आरजे बाहेक तपाईंको परिचय ?
    आरजे बाहेक म भन्ने होभने म लेखक पनि हो।तीनवटा उपन्यासहरू प्रकाशित भईसकेकाछन चारवटा किताब लेखिसकेको हुनाले एउटा लेखकआएर मेरो विज्ञापन एजेन्सी पनि छ ! मिडिया डेभलपमेन्ट सेन्टर डिल्लीबजार बाटुलीघरमा र मैले विज्ञापन एजेन्सी चलाएको भएर मिडियाकर्मी सञ्चारकर्मी हो।
  • आवाजलाई सधैं एकै किसिमको कसरी बनाउनुहुन्छ ?
    यो एउटा भगवानले दिनुभएको उपहार हो।यसमा पनि आफ्नो लगनशीलता र मेहनत त छदैछ।
  • मिडियामा लागेर दाम कतिको कमाउनु भयो ?
    पहिला नाम मात्र भयो। यशकारण अब व्यवसाय सुरु गरेपछि दाम पनि हुदैछ। एकदमै राम्रो भइरहेकोछ।
  • नेपालको राजनीतिको बारे मा ?
    नेपालको राजनीति अती निराशाजनक छ।सायद यस्तो निराशकहिले पनि थिएन होला।किनभने द्वन्द्वपछि केही हुन्छ कि भनेर सोचेको अब हेरौ संविधानसभाको चुनाव होस भन्न चाहन्छु।
  • र अन्त्यमा ।।।।
    अन्त्यमा मुख्यतया रेडियोमा काम गर्ने भएको भएर श्रोताहरूलाई सधैं यस्तै किसिमले प्रोग्राम चल्यो भने मेरो प्रोग्रामलाई मनपराउनु भयोभने सधैं यस्तै रेस्पोन्स भइरहयो भने श्रोताबीचको माया अझै बढदै जान्छ । र म श्रोताहरूलाई अझ माया बढाउन चाहन्छु।किनभने मलाई देखेको त हुनुहुन्न श्रोताहरूले तर अब आवाज मार्फतको जुन मित्रता छ यो मित्रता अझ बढोस भन्न चाहन्छु।

 

 

Share