CART ( 0 )

No products in the cart.

” कल्याणकोे कल्याणकारी कार्य “

Dec 10
2018

एफएम रेडियोमा कहिले प्रेमकेथा, कहिले आत्महत्याको प्रयासको चिठी त कहिले सामाजिक विसंगतिले उब्जाएको विषयवस्तुलाई उठाएर लाखौं श्रोताको मन जित्न सफलयुवा कल्याण गौतम अर्थात डियर कल्याणको कार्यक्रम मेरो कथा मेरो गीत अब नौवटा एफएमहरुमा एकैसाथ सुन्न सकिने भएको छ ।

प्रस्तुतिमा नौलोपना,कथावस्तुमा डुबेको प्रस्तुतीकरण तथा समसामयिकएवं सर्वव्यापी घटनावस्तुलाई टिपेर कार्यक्रमबनाइएकाले नै उनको कार्यक्रमले सफलता पाएको बताउने कल्याण वास्तवमा साहित्यकार पनि भएकाले अरुको भन्दा बेग्लै र सरस कार्यक्रम प्रस्तोता बन्न सकेकाहुन । भदौ ९ देखि बुटवलको बुटवल एफएम,पोखराको अन्नपुर्ण एफएम, चितवनको कालिका एफएम, दाङको स्वर्गद्धारी, वीरगन्जको पर्सा एफएम, विराटनगरको सप्तकोशी एफएम, बिर्तामोडको कञ्चनजंघा एफएम र काठमाडौंको एचबिबासी एफएमबाट एकैसाथ बज्ने उनको उतm कार्यक्रमको नाम अब मेरो कथा भएको छ ।

छिट्टै टेलिभिजनमा पनि मेरो कथा टेलिचलचित्र बनाउने भएकाले यसको नाम फेर्नुपरेको बताउने कल्याणले अहिले सम्म चार सयवटा कथालाई संग्रह गरिसकेका छन । यसैमध्येबाट दुई सय ५० वटाको टेलिफिल्म बनाउने सोच बनाएका कल्याण भन्छन प्रत्येक हप्ता नयाँनयाँ कथा वस्तुको टेलिफिल्म बनाउने योजनामा छु । यो टेलिफिल्म एउटा कथाको एक भाग हुनेछ ।

वास्तविक जीवनसँग अत्यन्तै नजिक पुगेर कथावस्तु संकलन गरेका कारण आफ्नो कार्यक्रम लोकप्रिय भएको बताउने कल्याण सधैं योजना अनुसार कार्य गर्दछन । कुनै कथावस्तुको सुचनाप्राप्त गन वितिकै त्यो घटनासँग सम्बन्धित व्यतिm तथा कथालाई अध्ययन र अनुसन्धान गरी प्रसारण योग्य बनाउने कल्याणले प्रसारण गरेका कार्यक्रमबाट प्रभावित भएर अमेरिकाको मेचिगन युनिभर्सिटीका विद्यार्थी लउरा कुन्रेउथरले पीएचडी समेत गरिसकेका छन । अहिले पनि २५ वटा कथावस्तु तयार भइसकेको बताउने कल्याणले उनै लउरासँग मिलेर निकट भविष्यमा नै काठमाडौ एफएमले बनाएको समाजकृति तयार पार्ने भएका छन । अग्रेंजी र नेपाली भाषामा प्रकाशित हुने उतm कृतिले आफुलाई श्रोता र पाठकको अझ नजिक पुर्याउने कुरामा विश्वस्त छन । आफ्नो कार्यक्रमबाट प्रसारित कथाले कसैको सम्बन्ध विच्छेद हुनबाट बचेको, कसैले आत्महत्या गर्ने स्थितिबाट जीवनतिर फर्किएको र कसैले नयाँ जीवनमा रमाइरहेको देख्दा कल्याण सन्तुष्ट छन र भन्छन मेरो कार्यक्रमबाट यस्तो समाज कल्याणकारी कार्य गर्न पाएकोमा म ज्यादै हर्षित छु । मैले गर्न खोजेको कार्य पनि यहीँ हो र सायद सबैले सबैका लागि गर्नुपर्ने कार्य पनि यही हो र सायद सबैले सबैका लागि गर्नुपर्ने कार्य पनि यहीँ हो ।

 

 

Share